भारतबाट भित्रिन थाल्यो गहुँ, हप्ता दिन भित्रै गहुँका उत्पादनको भाउ घट्दै

भारतबाट भित्रिन थाल्यो गहुँ, हप्ता दिन भित्रै गहुँका उत्पादनको भाउ घट्दै
February 14, 2023

भारत सरकारले नेपाललाई कोटामा उपलब्ध गराएको गहुँ नेपाली उद्योगहरुले आयात गर्न थालेका छन्।
भारत सरकारले उपलब्ध गराएको ५० हजार टन गहुँबाट सरकारले २६ स्वदेशी उद्योगलाई ३२ हजार ९५३ टन गहुँको कोटा वितरण गरेको थियो। बाँकी गहुँको कोटा आयातकर्ता व्यवसायीलाई दिइएको छ।

 

 

प्रतिबन्ध हटेसँगै भारतबाट कोटाको गहुँ भित्रिन थाल्यो, मैदादेखि चक्की आँटाको मूल्य नेपालमा सस्तिने

 

विराटनगर। भारत सरकारले नेपाललाई कोटामा उपलब्ध गराएको गहुँ नेपाली उद्योगहरुले आयात गर्न थालेका छन्।
भारत सरकारले उपलब्ध गराएको ५० हजार टन गहुँबाट सरकारले २६ स्वदेशी उद्योगलाई ३२ हजार ९५३ टन गहुँको कोटा वितरण गरेको थियो। बाँकी गहुँको कोटा आयातकर्ता व्यवसायीलाई दिइएको छ।

 

 

भारतीय गहुँको उपलब्धताका लागि वाणिज्य विभागमा तोकिएको समयमा आवेदन गर्ने उद्योग र व्यवसायीलाई मात्र कोटा वितरण गरिएको छ। विभागले घरेलु उद्योग र घरायसी प्रयोजनका लागि व्यवसायीलाई पनि आयातको कोटा वितरण गरिएको दाबी गरेको छ।

नेपाल फ्लोर मिल एसोसिएसनका सचिव एवम् विशाल मैदा मिलका सञ्चालक विकास बेगवानीले आफूले कोटामा पाएकोमध्ये ६० टन गहुँ विराटनगर भन्सार कार्यालय परिसरमा आइपुगेको जानकारी दिए।

 

मोरङका भावेश राठीको बाबा मैदा मिल र शारडा समूहको न्यूट्री फुड्स गरी २ उद्योगले भारतीय गहुँ ल्याइसकेका छन्। उद्योगी बेगवानीले नेपालमा गहुँको मूल्य प्रति किलो ६५ रुपैयाँ चलिरहेका बेला भारतीय गहुँ ५० रुपैयाँमा आएको बताए।
बेगवानीले एक हप्ताभित्रै गहुँका उत्पादनको पनि मूल्यमा ह्रास आउने दाबी गरे।

 

नेपालमा अहिले चक्की आँटाको मूल्य खुद्रा बजारमा प्रति किलो ९५ देखि १०० रुपैयाँ छ। एक हप्ताभित्रै यसको मूल्य किलोको ८५ देखि ९० रुपैयाँ पर्ने उद्योगीहरुको दाबी छ। त्यस्तै, मैदाको मूल्य ९० देखि ९५ बाट ७५ देखि ८० र सुजीको मूल्य किलोको ११० बाट ९० देखि ९५ हुने प्रक्षेपण उद्योगीले गरेका छन्।

 

पशुआहाराका रूपमा प्रयोग गरिने चोकरको मूल्य पनि किलोको ५२ देखि ५४ बाट घटेर ४४ देखि ४६ रुपैयाँमा झर्ने बताइएको छ। भारत सरकारले १४ मे २०२२ मा गहुँको निर्यातमा प्रतिबन्ध लगाएको थियो। भारतले यसपछि ८ अगस्ट २०२२ मा आँटा, मैदा र सुजीको निर्यातमा पनि प्रतिबन्ध लगायो।

 

नेपाल सरकार र फ्लोर मिल एसोसिएसनको बारम्बारको पहलपछि भारत सरकारले २२ डिसेम्बर २०२२ मा ५० हजार टन गहुँ नेपाललाई उपलब्ध गराउने निर्णय गरेको थियो। जसअनुसार सरकारले परराष्ट्र मन्त्रालयमार्फत १९ जनवरी २०२३ मा कोटाको गहुँ उपलब्ध गराइदिन भारतको विदेश मन्त्रालयलाई पत्राचार गर्‍यो।

 

यसपछि भारतको वैदेशिक व्यापार महानिर्देशनालयले १ फेब्रुअरी २०२३ मा जोगबनी, सुनौली र रक्सौल

स्थित भारतीय भन्सार कार्यालयमा पत्र लेख्दै कोटासम्बन्धी जानकारी गराएको थियो। सोही बमोजिम तीनवटै नाकाबाट कोटाको गहुँ आयात हुन थालेको हो।

 

📣  नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै व्हाट्सएप फलो गर्न सक्नुहुन्छ ।


ADVERTISEMENT

 

May be an image of food and text

No photo description available.

 

 

 

For More Updates 

Nepal Commodity Logo