चामलको बिक्री बढ्दा जयश्री फुड्सले एकैवर्ष गर्‍यो झण्डै ३ अर्ब रुपैयाँको व्यापार

चामलको बिक्री बढ्दा जयश्री फुड्सले एकैवर्ष गर्‍यो झण्डै ३ अर्ब रुपैयाँको व्यापार
June 6, 2023

काठमाडौं। चामल उत्पादन गर्ने जयश्री फुड्सले एकैवर्ष झण्डै ३ अर्ब रुपैयाँको कारोबार गरेको छ। भान्साघर, मंगलमलगायतका ब्राण्डका चामल बिक्री गर्ने कम्पनीले २०२१/२२ मा २ अर्ब ९८ करोडको व्यापार गरेको छ।

 

 

अघिल्लो वर्षको तुलनामा यो ५.७९ प्रतिशत बढी हो। २०२०/२१ मा कम्पनीले २ अर्ब ८२ करोड र २०१९/२० मा २ अर्ब ६४ करोड रुपैयाँको कारोबार गरेको थियो।

 

नवलपरासीको गैंडाकोटमा उद्योगहरुले कम्पनीले लङ ग्रेन चामल, जीरा चामल र सावा चामल बिक्री गर्छ। नेपालगंज, भैरहवा, गैंडाकोट, वीरगंज र विराटनगरमा गोदाम रहेको कम्पनीले १ देखि ३० केजीको प्याकेजिङमा चामल बजार पठाउने गरेको छ।

कम्पनीले १ अर्ब रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी एथ्री रेटिङ पुन:पुष्टि गराएको छ।

 

कम्पनीको प्रबन्ध निर्देशक पवनकुमार अग्रवाल हुन्। सुमन अग्रवालले पनि कम्पनी व्यवस्थापन गरिरहेकी छिन्।