डाबरले किन्यो बादसाह मसला कम्पनी

डाबरले किन्यो बादसाह मसला कम्पनी
January 4, 2023

एजेन्सी। बहुराष्ट्रिय कम्पनी डाबर इन्डिया लिमिटेडले भारतको एक मसला कम्पनीको ५१ प्रतिशत स्वमित्व खरिद गरेको छ। डाबरले बादसाह मसला प्राइभेट लिमिटेडको बहुमत स्वामित्व खरिद गरेको हो।

 

डाबरले स्टक एक्सचेन्जलाई जानकारी गराउँदै ५१ प्रतिशत स्वामित्व खरिद गरेको जानकारी दिएको हो। सेयर खरिदबिक्री सोमबार सकिएको जानकारी डाबरले दिएको छ।

 

सोमबारदेखि बादशाह मसला कम्पनी डाबर इन्डियाको सहायक कम्पनी बनेकाे छ। बादसाह मसला खरिद सम्झौतपछि डाबरको सेयर मूल्य बढेको छ।

 

डाबरको बजार पुँजीकरण बढेर ९ खर्ब ९५ अर्ब २८ करोड भारू पुगेको छ। डाबर भारत र नेपालको सबैभन्दा ठूलो फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसीजी) कम्पनी हो।

 

नेपालमा सञ्चालनमा रहेको डाबर इन्डिाको ९५ प्रतिशत बढी लगानी रहेको छ। उसले उत्पादन विस्तारमा ९ अर्ब रूपैयाँ लगानी थपेको छ। डाबरले च्वनप्रास, हाजमोला, स्यामम्पु, तेललगायत वस्तु उत्पादनका साथै भारतमा पनि निर्यात गर्दै आएको छ।