ढुवानी व्यवसायीलाई अनिवार्य भ्याटमा दर्ता हुन विभागको ताकेता

ढुवानी व्यवसायीलाई अनिवार्य भ्याटमा दर्ता हुन विभागको ताकेता
August 10, 2023

ढुवानी सेवा गर्ने करदातालाई अनिवार्य भ्याटमा दर्ता हुन आन्तरिक राजस्व विभागले ताकेका तारेको छ । आर्थिक ऐन २०८० अनुसार ढुवानी साधनको भाडा तथा ढुवानी सेवामा मूल्य अभिवृद्धि कर लाग्ने कानुनी व्यवस्था छ ।

 

ढुवानी सेवा प्रदायकले ढुवानी सेवा प्रदान गर्दा वस्तु तथा सेवाको बिजक अनिवार्य साथमा राख्नुपर्छ । सोहीकारण मूल्य अभिवृद्धि करको सीमा नाघेका व्यक्तिले समयमै मूल्य अभिवृद्धि करमा दर्ता भएर कानुन अनुसार कारोबार सञ्चालन गर्न आन्तरिक राजस्व विभागले ताकेता गरेको छ ।

 

ढुवानी साधनको साथमा वस्तु तथा सेवाको बिजक नरहेको गुनासो आइरहेको भन्दै विभागले यस्तो ध्यानाकर्षण गराएको हो । आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयबाट खटिने टोलीले कानुनको परिपालना भएको पाइएमा कानुन अनुसार कारवाही हुने समेत विभागले जनाएको छ । यस वर्षको बजेटले आफ्नो सवारी साधन ढुवानीको कार्यमा लगाएमा सो सेवामा भ्याट लाग्ने प्रावधान गरेको हो ।