एशियन फिडले एकै वर्ष गर्‍यो २ अर्बको कारोबार

एशियन फिडले एकै वर्ष गर्‍यो २ अर्बको कारोबार
February 2, 2023

एशियन फिड प्रालिले एकै वर्ष २ अर्बको कारोबार गरेको छ । कम्पनीले सन् २०२२ मा १ अर्ब ९८ करोड २० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा १ अर्ब ३३ करोड ६० लाख रुपैयाँ र सन् २०२० मा १ अर्ब २७ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

 

सन् २०११ मा स्थापना भएको कम्पनीले पोल्ट्री र अन्य जीवजन्तुको दाना उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । त्यस्तै, कम्पनीले अल्पकालीन कर्जाका लागि ५० करोड ४६ लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा एफोर रेटिङ पाएको छ।

 

कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी दाना उत्पादन गर्दै आएको छ । कम्पनीमा खाद्यान्न (मकै, धान, र चामल) र आयल केक (विशेषगरी सोया केक र तोरीको डक) को कच्चा पदार्थको हिस्सा नै ८४ प्रतिशत रहेको छ । साथै, कम्पनीले ९६ प्रतिशत आम्दानी दानाबाट गरेको जनाएको छ ।

 

कम्पनीअनुसार सन् २०२२ मा विशेषगरी बोइलर, लेयर्स र गिरिराज कुखुरासँगै अन्य जीवजन्तु चौपाया, बंगुर र बाख्राको दानाबाट आम्दानी गरेको जनाएको छ ।

 

कम्पनीको सन् २०२० मा ४८ प्रतिशतले आम्दानी बढेको छ । कम्पनीले करिब २ अर्बको व्यापार गर्दा ६.५३ प्रतिशत नाफा कमाएको छ ।

कम्पनीले सन् २०२१ मा ६.२५ प्रतिशत नाफा कमाएको थियो । जसमा कम्पनीले खुद नाफा ५ करोड १० लाख रुपैयाँ रहेको छ । सन् २०२१ मा २ करोड ९० लाख रुपैयाँ मात्रै कमाएको थियो ।

 

त्यसैगरी, कम्पनीले सन् २०२३ को ६ महिनाको अवधिमा १ अर्ब ४ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । जसमा ६६ प्रतिशत आम्दानी बोइलरको दानाबाट भएको कम्पनीले उल्लेख गरेको छ ।

 

देशभर ३०८ वटा डिलर रहेको कम्पनीमा पाँच जना निर्देशक छन् भने कम्पनीको अध्यक्ष बासुदेव जोशी हुन् ।

 

📣  नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै व्हाट्सएप फलो गर्न सक्नुहुन्छ ।