फेरी बढ्यो चामलको मूल्य।

फेरी बढ्यो चामलको मूल्य।
December 17, 2023

एक महिना अघि मात्र जिरा मसिनो चामलको मूल्य 2000 बाट अहिले 2200 सम्म पुगेको छ। बोरामा 2०० देखि 3०० रुपैया बढ्दा पनि सरकार अहिले चुप छ। चामल उद्योघीहरुले धान महँगोमा खरिद गर्नु परेको हुनाले चामलको भाउ बढेको मानिएको छ।  भारतबाट चामल आउन बन्द भएको र यसको प्रतेछ असर नेपाली ग्राहकलाई परेको छ।  स्वदेश मै धान को मूल्य बढेको र भारत सरकारलाई नेपाल सरकारले चामल को आग्रह नगरेको हुनाले नेपालीहरुले महंगी खेप्न परेको छ। नेपालमै धान उत्पादन हुदा पनि नेपाली जनतालाई चामल पुराउन भने गार्हो नै छ, यहाँ को धान उत्पादनले बजारमा चामल पुराउन  सक्ने अवस्था भने छैन ।  

 

 

धेरै नेपालीहरु सोना मन्सुली चामल भन्दा जिरा मसिनो चामल रुचाउ छन्। नेपालमा धेरै उत्पादन भनेको सोना मन्सुली धान  र मोटो धानको  उत्पादन मात्र हुने गरेको छ।  जिरा मसिनो र बासमती धान कमै उत्पादन हुन्छ। चामल उद्योघीहरुले अहिले भारतबाट चामल रोकिएको फाइदा उठाएर चामलको मूल्य झन् झन् बदाइएको पाइएको छ। अहिले धानको सिजन हुदा चामल को भाउ २२०० सम्म पुगेछ भने अब आउने महिनामा चामल को भाउ २५०० - २६०० सम्म नपुग्ला भन्न सकिन्न। सरकारले नेपालीहरुको लागि चामल को भाउमा सहज गराउन तथा यसमा केन्द्रित हुन भने सकेको छैन।  

 

नेपालमै धान यो वर्ष बढी उत्पादन हुदा पनि बजारमा चामलको  महंगी भने रोकिएको छैन। सरकारले चामल बजारको सहजीकरण कसरी गर्ने भन्ने अन्योलमा छ।