१२५ करोड लगानीमा देशकै ठूलो दाल उद्योग सञ्चालनमा

१२५ करोड  लगानीमा देशकै ठूलो दाल उद्योग सञ्चालनमा
June 25, 2023

काठमाडौं। चार ठूला व्यवसायी मिलेर मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुढामा एभरेस्ट पल्सेस प्रालि सञ्चालनमा आउने भएको छ।

लोकमान्य गोल्छाका दुई छोरा हेमन्त र आकाश, अभिनाश बोहोरा र पवन अग्रवालको संयुक्त लगानीमा देशकै ठूलो दाल उद्योग सञ्चालनमा आउन लागेको हो। उद्योगमा १ अर्ब २५ करोड रुपैयाँ लगानी भएको छ।  

 

उद्योगले केही दिनदेखि दालको परीक्षण उत्पादन गरिरहेको छ। असार ११ गते सोमबारबाट व्यावसायिक उत्पादन थाल्ने उद्योगको लगानीकर्तामध्येका एक आकाश गोल्छाले बताए।

 

आर्थिक गतिविधि सुस्त भएका बेला व्यावसायिक समूहको साझेदारमा उद्योग खुल्न लागेको हो। उनकाअनुसार निर्माण सुरु गरेको ८ महिनामा उद्योग सञ्चालनमा आउन लागेको हो। उद्योगमा १ अर्ब २५ करोड रुपैयाँ लगानी भएको छ।

 

41687689564.jpg

 

चारै जना लगानीकर्ता विराटनगरका स्थापित व्यवसायी हुन्। लगानीकर्तामध्ये अभिनाश विराटगरमै बस्छन्, बाँकी साझेदारहरूको काठमाडौंमा पनि ठूलो व्यवसाय छ। उनीहरू आवश्यकता पर्दा दाल उद्योग पुग्छन्।

 

लगानीकर्ता बोहोराकाअनुसार उक्त उद्योग पूर्णरूपमा अटोमेटेड छ। अत्याधुनिक प्लान्टबाट दाल उत्पादन हुने बोहोेराले बताए।

 

31687689564.jpg

 

निर्देशक बोहराका अनुसार मसुरो, रहर, चना, कालो मास र मुग दाल उत्पादन हुन्छ। निकट भविष्यमा मसुरो दाल विदेश निर्यातको तयारी पनि छ।

 

11687689563.jpg

 

बाँकी दाललाई आवश्यकताअनुसार घरासयी र होटल प्याकेजिङ गरिनेछ। बोहोराका अनुसार आकर्षकरूपमा १, १५ र २५ केजीको प्याकमा दाल सोमबारबाट बजारमा आउने छ।

 

21687689563.jpg

 

दैनिक १ सय २५ टन उत्पादन क्षमता रहेको उद्योगले वार्षिक ४० हजार टन दाल उत्पादन गर्ने क्षमता राख्छ। बजार माग र उद्योग क्षमताअनुसार सञ्चालन गरिने उनको भनाइ छ। दालका लागि कच्चापदार्थ अष्ट्रेलिया, क्यानडा, म्यानमार र दक्षिण अफ्रिकाबाट आयात हुन्छ।