खानेतेलको निर्यात : ५८ अर्बको आयात हुँदा २२ अर्ब ४४ करोडको निर्यात

खानेतेलको  निर्यात : ५८ अर्बको आयात हुँदा २२ अर्ब ४४ करोडको निर्यात
February 22, 2023

चालु आर्थिक बर्षको गत साउनदेखि माघ मसान्तसम्म २ अर्ब ४४ करोड रुपैयाँ बराबरको खानेतेल निर्यात भएको छ । पछिल्ला ४ बर्षयता लगातार निर्यातित वस्तुको पहिलो स्थानमा परिरहेको प्रशोधित खानेतेल यो बर्षको ७ महिनामा २२ अर्ब ४४ करोड ९४ लाख ३१ हजार रुपैयाँ बराबरको निर्यात भएको हो ।

 

भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा नेपालले विदेशबाट पनि त्यसको दोब्बरभन्दा बढी अर्थात ५८ अर्ब रुपैयाँ बराबरको तेलहन आयात गरेको छ ।

 

यसरी आयातीतभन्दा निर्यातीत तेलको परिमाण निम्न हुँदा यस अवधिमा नेपालले खानेतेलबाट मात्रै ३५ अर्ब ५४ करोड १० लाख रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ । नेपालले आयात गरेको तेलहनबाट ७ महिनामा ७ अर्ब ३६ करोड रुपैयाँ आयकर आम्दानी गरेको छ ।

नेपालमा संचालित खानेतेल उद्योगीहरुले विदेशका विभिन्न देशहरुबाट खानेतेलको कच्चा पदार्थ ल्याएर सामान्य प्रशोधन गरी भारत निर्यात गर्दै आएका थिए । पछिल्लो समय भारतले तेलको कच्चा पदार्थको भन्सार शुल्क घटाएपछि नेपालबाट जाने खानेतेल घटेको छ ।

 

 

For More Updates 

 

Nepal Commodity Logo