खाद्य वस्तुको रिलेबलिङ गर्ने २ उत्पादकलाई ५ लाख जरिबाना

खाद्य वस्तुको रिलेबलिङ गर्ने २ उत्पादकलाई ५ लाख जरिबाना
September 5, 2023

उपभोग्य मिति सकिएको खाद्य वस्तुमा पुनः नयाँ मिति राख्ने दुई वटा उत्पादक जरिबानामा परेका छन् ।

 

काठमाडौं भित्री शहर यट्खा र याङ्जामा रहेका दुई फरक फरक उत्पादकले उपभोक्ता हित विपरीतको काम गरेको वाणिज्य विभागले जनाएको छ ।

 

आइतबार गरेको अनुगमनमा यट्खा टोलमा रहेको एक उत्पादकले सडेको किसमिस बिक्री गरेको पाइपछि विभागले उक्त उत्पादकलाई ३ लाख रुपैयाँ जरिबाना गरेको हो ।

 

यस्तै काठमाडौंकै भित्रि टोल याङ्जाको अर्को एक उत्पादकले भने उपभोग्य मिति सकिएको काजुलाई पुन रि प्याकेजिङ गरी नयाँ मिति राखेर बजार पठाएपछि २ लाख रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ ।

 

विभागका प्रवक्ता एवम् अनुगमन शाखा प्रमुख होमनाथ भट्टराईकाअनुसार उपभोक्ता हित विपरीतको काम गरेको पाइए पछि ती फर्महरुलाई जरिबाना गरिएको हो ।

 

यस्तै विभागले विना दर्ता सञ्चालनमा आएको त्रिपुरेश्वरको एक सर्जिकल पसललाई पनि जरिवाना गरेको छ । अनुमति बेगर नै सञ्चालनमा आएका कारोबार गरिरहेको उक्त सर्जिकल पसललाई एक लाख रुपैयाँ जरिबाना गरिएको प्रवक्ता भट्टराईले बताए ।