मरिच, केराउ र सुपारीको आयात खुला

मरिच, केराउ र सुपारीको आयात खुला
October 20, 2023

मन्त्रालयले बिहीबार राजपत्रमा सूचना जारी गर्दै चालु आर्थिक वर्षका लागि ती बस्तुहरुको आयात खुला गरेको हो । औद्योगिक क्षेत्रमा कच्चा पदार्थको रुपमा खपत हुने सुपारी, केराउ र मरिचको आयात खुला गरिएको मन्त्रालयले सूचना जारि गरेको हो ।

 

‘उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि, २०७८ को प्रक्रिया पूरा गरी आर्थिक बर्ष २०८०/८१ को लागि औद्योगिक प्रयोजनको लागि मात्र कच्चा पदार्थको रुपमा केराउ (एचएस कोड ०७१३.१०.००), सुपारी(एचएस कोडा ०८०२.८०.००) र मरिच (सेतो मरिच एचएस कोड ०९०४.११.२० र कालो मरिच एचएस कोड ०९०४.११.३०) पैठारी गर्न अनुमति दिने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ,’ मन्त्रालयद्वारा प्रकाशित भएको राजपत्रमा उल्लेख छ ।

केराउ, सुपारी र मरिचको आयात फुकुवा नहुँदा औद्योगिक क्षेत्रबाट उत्पादन हुने मसला, गुट्का, पान पराग, चाउचाउजस्ता उत्पादन कच्चा पदार्थको अभावमा प्रभावित हुँदै आएको थियो । पछिल्लो समयमा निजी क्षेत्रले तीनवटै वस्तुको आयात खुला गर्न माग राख्दै आएका थिए ।