विराटनगरमा देखिए अर्को महाठग ‘नटवरलाल’, बाउन्स चेक दिइ लखौँको सामान उठाएर फरार

विराटनगरमा देखिए अर्को महाठग ‘नटवरलाल’, बाउन्स चेक दिइ लखौँको सामान उठाएर फरार
April 27, 2023

विराटनगरमा एक व्यक्तिले फिल्मै शैलीमा ठगी गरेका छन् । आफुलाई ठुलो कम्पनीको मालिक भन्दै खातामा पैसा नभएको चेक दिई पसलबाट लाखौँको सामान उठाएर एक व्यक्तिले गठी गरेका हुन् । उनले चर्चित भारतीय ठग नटवरलालकै शैलीमा गठी गरेको पाइएको हो ।

 

फेसबुक अकाउन्टमा ईश्वरीप्रसाद पोखरेल, राजेन्द्रप्रसाद पोखरेल लगायतका नाम राख्ने ति व्यक्तिले फिल्म शैलीमै विराटनगरसहित देशको विभिन्न ठाउँका व्यापारी र उद्योगीलाई ठगी गरेका हुन् ।

 

 

योजनाबद्धरुपमा ठगीधन्दा चलाउने ती व्यक्तिविरुद्ध मोरङ प्रहरीमा उजुरी परेको छ । उनको व्यक्तिको वास्तविक नाम, ठेगाना भने अ खुल्न सकेको छैन । तर, व्यक्तिगत प्यान नम्बरमा भने उनको नाम गोपाल कामी नाम छ ।

 

ती व्यक्तिले विराटनगर ७ मेनरोडस्थित गुगल टेक सप्लायर्सबाट मोबाइल सेटलगायत ४ लाख ८ हजार ४ सय मूल्य बराबरको सामान लिएका थिए । भुक्तानीवापत उक्त गुगल टेक सप्लायर्सका नाममा प्रभु बैंकको १० लाखको एकाउन्ट पे चेक दिएकोमा बैंक खातामा पैसा जम्मा गर्न खोज्दा चेक बाउन्स भएपछि उनको ठगीएको पष्टि भएको हो ।

 

 

गुगल टेकलाई ती व्यक्तिले गौमुखी ग्रुप अफ इण्डष्ट्रिज प्रालिको नामको चेक दिएका थिए । तर, कम्पनीको मालिक को हो भन्ने यकिन गर्न नसकेपछि सो पसलबाट सामान लैजाने व्यक्ति ठग भएको प्रहरीले आशंका गरेको छ ।

 

ती व्यक्तिले पटक–पटक गरी थुप्रै व्यक्ति, व्यापारी, कम्पनीलाई ठगी गरेको पाइएको छ । विराटनगरमा पनि फिल्मी शैलीमा गुगल टेक सप्लायर्स (इलेक्ट्रोनिक्स पसल) मा ठगी गरेको पाइएको हो । ‘सुरुमा सुन्दहरैँचामा अफिस खोल्दैछौँ । कार्यालयको लागि सामान चाहियो, कोटेसन पठाउनुस् भन्यो । मैले कोटेसन पठाएँ ।’ गुगल टेकका सञ्चालक जयप्रकाश गुलगुलीयाले हाम्रो विराटनगरसँग भने,‘त्यसको कुनै जवाफ आएन । पछि सम्पर्क गरि पसलमै आएर १० लाखको चेक दिँदै मोबाइलहरुचै दि राख्नु भनेर साढे ४ लाखको सामान लग्यो । तर, चेक बाउन्स भयो ।’

 

 

गुलगुलीयाका अनुसार ती ठग व्यक्तिले सामान लिएर गएपछि पटक–पटक सम्पर्क गर्दा पैसा खातामा पठाइदिने भन्दै ठुलो कुरा गरेपनि नपठाएको बताए । उनले ठग व्यक्तिको मोबाइलमा केही दिनसम्म फोन लागेपनि सामान लगेको एक सातादेखि अफ रहेको बताए ।

 

 

 

गुलगुलीयाले उनीविरुद्ध मोरङ प्रहरीमा चेक बाउन्स र ठगी मुद्धा गत २५ चैतमा दर्ता गराएका छन् । ‘प्रहरीमा मुद्धा दर्ता गरेको छु । तर, अहिलेसम्म कुनै रेस्पोन्स छैन ।’ सञ्चालक गुलगुलीयाले भने ।

 

 

उनले कहिले माओवादी नेता जनाद्र्धन शर्मा त कहिले मेडिकल कलेज र कम्पनीको मालिक भन्दै कपिलवस्तु लगायत पश्चिमका जिल्लामा ठगेको पाइएको छ । बिस २०६९ सालमा विभिन्न ठाउमा ठगी गरेको उजुरी कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा परेपछि प्रहरीले उनलाई पकाउ गरी मुद्दा चलाएको थियो ।

 

 

 

जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुको रेकर्डमा उनको नाम ईश्वरीप्रसाद पोखरेल, प्युठान जिल्ला तोरवाड गाउँपालिका–६ घर भई झिमरुक गाउपालिका बस्ने भन्ने उल्लेख छ । उक्त व्यक्तिलाई पहिलो पटक कपिलवस्तुको वडा प्रहरी कार्यालय चनौटाले पकाउ गरेको थियो ।

 

 

उनले २०६९ सालमा माओवादी नेता जनार्दन शर्मा प्रभाकर भनेर साइन रेसुङ्गा बैंक केन्द्रीय कार्यालयका लेखा प्रमुख भुवन पन्तलाई ७ लाख ठगी गरेका थिए । उनले दाङको राप्ती गाउँपालिका–२ मा साइन्स कलेज स्थापना गर्ने र जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट एक करोड भन्दा बढी ठगी गरेको बताइएको छ । उनको ठगी धन्दा २०६४–०६५ बाट सुरु भएको हो ।

 

 

त्यसपछि कैलाली जिल्लाको धनगढीमा थिए । मेडिकल कलेज खोल्ने र त्यसका लागि लगानी चाहिने भन्दै विभिन्न व्यवसायी र सर्वसाधारणबाट करोडौं उठाएका थिए। सो घटना २०६५ सालको हो ।

 

 

त्यहाँबाट फरार भएपछि उनले वीरगन्ज आएर जगदम्बा सेल्स ट्रेडिङ प्रालिबाट आफू गौमुखी फिड इण्डष्ट्रिज ट्रेड लिंक प्रालिको सन्चालक हूँ भन्दै च्यानल गेट, एड्गल र छड गरी ४७ लाख मूल्य बराबरको सामान ठगी गरेका थिए । माछापुच्छ्रे बैंकको चेक दिएकोमा उक्त चेक बाउन्स भएपछि जगदम्बा सेल्स ट्रेडिङका सञ्चालक देवेन्द्रकुमार कर्णले आफू ठगिएको थाहा पाएका थिए ।

 

 

त्यसैगरी उनले भैरहवाको सिद्धार्थ हार्डवेयर पसलबाट पनि २०७८ साल माघ ५ गते २३ लाख मुल्य बराबरको हार्डवेयर सामान लिइ कृषि विकास बैंक प्युठान शाखाको चेक दिएर फरार भएका थिए ।

 

 

उनले चितवनमा सञ्चालित रिजाल फुड एण्ड वेभरेज प्रालिबाट पनि २०७८ साल कात्तिक ३० गते सेनाको ठेकेदार हुँ भनी पैसा नभएको माछापुच्छ्रे बैंकको चेक दिएर २३ लाख मूल्य बराबरको सामान उठाएका थिए ।

 

 

उनले ठगी गरेको व्यक्ति तथा कम्पनीको लामो सूची छ । नवलपरासीको समृद्धि स्टिल कम्पनीबाट २५ लाख बराबरको सामान लिई रकम जम्मा नभएको बैंकको चेक दिएको, प्युठान सिमेन्ट कारखानाबाट २० लाख मूल्य बराबरको सिमेन्ट लिई ठगी गरेको खुलेको छ ।

 

 

उनले गोल्छा अर्गनाइजेशनबाट ३० लाख मुल्य बराबरको चामल, चिउरा र फलामा सामाग्रीहरु लिइ त्यसरीनै खातामा पैसा नभएको चेक दिएर ठगेको बताइएको छ ।

 

 

रुपन्देहीको इलाका प्रहरी कार्यालयमा दर्ता भएको मुद्धामा रेसुङ्गा बैंक केन्द्रीय कार्यालयका लेखा प्रमुख भुवन पन्तलाइ फोन गरेर ‘म माओवादी नेता जनाद्र्धन शर्मा प्रभाकर हुँ, मलाई ७ लाख रुपैयाँ आवश्यक पर्यो । केही घण्टाका लागि सपटी दिनुहोला’ भनि नविल बैंकको नक्कली खाता नम्बर दिएर ठगेको उल्लेख छ । उनले धैरै जनाबाट करोडौँ रुपैयाँ ठगी गरेको देखिन्छ ।

 

 

यस्तो छ उनको ठगीको श्रृंखला

 

-ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीमा मिति २०५७।०६।०१ गते स्थानिय जनतालाई डर त्रासको वाताबरण सृजना गरेको हुनाले सार्वजनिक ऐन अन्तर्गतको मुद्धा दर्ता भएको ।

 

-ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीमा २०६९।०९।१६ गते तत्कालिन साइन डेभलेपमेन्ट बैङकको केन्द्रिय कार्यलयका लेखा प्रमुख भुवन पन्थलाई फोन गरी म माओबादी नेता जनार्दन शर्मा प्रभाकर हुँ भनि कामको शिलशिलामा १ /२ घण्टाको लागि रकम आवश्यक परेको भन्दै नविल बैङकको नक्कली खाता नं.१३१००११७५१३४२ पिडितलाई दिई रु.७,००,०००।– (सात लाख) ठगी गरेको हुनाले ठगी मुद्धा दर्ता भई अनुसन्धान पश्चात जेल चलान भएको।

 

-महानगरीय प्रहरी परिसर काठमाण्डौमा २०७३।०८।०७ गते राष्ट्रिय अनुसन्धान बिभागमा जागिर लगाइदिन्छु भनि रू.१,५०,०००।- ठगि गरेको हुनाले मुद्धा दर्ता भई अनुसन्धान भएको ।

 

-महानगरीय प्रहरी परिसर काठमाण्डौमा मिति २०७८।०९।०७ गते आफ्नो बैङक खातामा नभएको रकम रु. ५०,००,०००।– (पचास लाख) को चेक काटी दिएकोमा उक्त रकम बैङकमा लिन जाँद चेक बाउन्स भए पश्चात बैङकिङ कसुरमा मुद्धा दर्ता भई अनुसन्धान भएको ।

  •  

यस भन्दा पहिले निज विरुद्ध दर्ता भएका मुद्धाहरूको विवरण :-

 

१) ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीमा मिति २०५७।०६।०१ गते स्थानिय जनतालाई डर त्रासको वाताबरण सृजना गरेको हुनाले सार्वजनिक ऐन अन्तर्गतको मुद्धा दर्ता भएको ।

 

२) ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीमा २०६९।०९।१६ गते तत्कालिन साइन डेभलेपमेन्ट बैङकको केन्द्रिय कार्यलयका लेखा प्रमुख भुवन पन्थलाई फोन गरी म माओबादी नेता जनार्दन शर्मा प्रभाकर हुँ भनि कामको शिलशिलामा १ /२ घण्टाको लागि रकम आवश्यक परेको भन्दै नविल बैङकको नक्कली खाता नं.१३१००११७५१३४२ पिडितलाई दिई रु.७,००,०००।– (सात लाख) ठगी गरेको हुनाले ठगी मुद्धा दर्ता भई अनुसन्धान पश्चात जेल चलान भएको।

 

३)महानगरीय प्रहरी परिसर काठमाण्डौमा २०७३।०८।०७ गते राष्ट्रिय अनुसन्धान बिभागमा जागिर लगाइदिन्छु भनि रू.१,५०,०००।- ठगि गरेको हुनालेमुद्धा दर्ता भई अनुसन्धान भएको ।

 

४) महानगरीय प्रहरी परिसर काठमाण्डौमा मिति २०७८।०९।०७ गते आफ्नो बैङक खातामा नभएको रकम रु. ५०,००,०००।– (पचास लाख) को चेक काटी दिएकोमा उक्त रकम बैङकमा लिन जाँद चेक बाउन्स भए पश्चात बैङकिङ कसुरमा मुद्धा दर्ता भई अनुसन्धान भएको ।

 

**निजको ठगीको श्रृखला**

Ishwori Prasad Pokhrel

 

१) २०६४/०६५ सालमा जिल्ला दाङ साविक लालमटिया गा.बि.स.हाल राप्ती गाउपालिका वडा नं.०२ मा साइन्स कलेज स्थापना गर्ने र सो मा जागिर लगाइदिने भनि बिभिन्न व्यक्तिहरूबाट अं.१,००,००,००० (एक करोड ) भन्दा बढी रुपैया उठाई ठगी फरार भएको भन्ने खुल्न आएको ।

 

२) २०६५ सालमा कैलाली जिल्लाको धनगढी स्थित मेडिकल कलेज खोल्ने र सोको लागि लगानी चाहिने भनि विभिन्न व्यवसायी तथा सर्वसाधारणहरूलाई लाखौँ रकम ठगी गरी फरार भएको भन्ने खुल्न आएको ।

 

३) पर्सा जिल्लाको विरगञ्जमा देवेन्द्र कुमार कर्णले सञ्चालन गरेको Jagadamba sales trading Pvt. Ltd मा गई आफु Gaumukhi Feed Industries & Trade link Pvt.Ltdको सञ्चालक भएको भनि च्यानल गेट, एङगल तथा रडहरू रू.४७,००,०००।–(सडचालिस लाख) मा खरिद गरी सो वापत Gaumukhi Feed Industries & Trade link Pvt.Ltdनामको माछापुच्छ्रे बैङकमा रहेको १००१५२४१०४८७८११२ खाता नं.को रकम नभएको चेक मिति २०७८।०३।१३ गते दिई फरार भएको ।

 

४) गोयल कम्पनिको विक्रेता भैरहवाको शिद्धार्थ हार्डवेयरबाट मिति २०७८।१०।०५ गते रू.२३,००,०००।– (तेइस लाख) बराबरको हार्डवेयर सामग्री (पाईप,I-beam, Channel gate) आदि फ्याक्ट्री बनाउन लागेको छु भनि सामान लिई सो वापत Gaumukhi Feed Industries & Trade link Pvt.Ltd नामको कृषि विकास बैङक लिमिटेड प्युठानको खाता नं.०९१९६०१९९५३१७०११ नं.को रकम नभएको चेक दिई फरार भएको ।

 

५) नेपाली सेनाको ठेकेदार हुँ भनि चितवन जिल्लाको टाडीमा सञ्चालित Rijal Food & Beverages Pvt.Ltd बाट मिति २०७८।०७।३० गते Gaumukhi Feed Industries & Trade link Pvt.Ltd को नाममा दालमोट,भुजिया लगायत नमकिनजन्य सामानहरू खरिद गरी सो वापतको भुक्तानीको लागी माछापुच्छ्रे बैङकको रकम नभएको चेक दिई फरार भएको सो बापत कम्पनीले रु.२८,००,०००।– (अठ्ठाइस लाख) को क्षति बेहोरेको ।

 

६) नवलपरासी जिल्लामा रहेको समृद्धि स्टिल कम्पनीमा २५,००,०००। लाख बराबरको सामान दिई रकम नभएको चेक दिई फरार भएको ।

 

७) प्युठान सिमेन्ट कारखानाबाट रू.२०,००,०००।–बराबरको सामान लिई रकम नभएको चेक दिई फरार रहेको ।

 

८) गोल्छा अर्गनाईजेसनबाट रू.३०,००,०००।– बराबरको चामल चिउरा तथा फलामका सामाग्रीहरू लिई रकम नभएको चेक दिई फरार भएको ।

 

९) काठमाण्डौ जिल्लाको टेकुमा शिव प्रसाद थापाले सञ्चालन गरेको निर्मणी मेशिनरी सप्लायर्शबाट विभिन्न मेसिनरी सामानहरू लिई माछापुच्छ्रे बैङकको रु.१,२७,०००।–बराबरको रकम नभएकोको चेक दिई फरार रहेको ।

 

१०) सुनसरी जिल्लाको ईनरुवामा रहेको Namaste Nepal Khadya Udhyog Pvt. Ltd बाट आफ्नो गौमुखि फिड ईन्डष्ट्रीको लागी भनि २ ट्रक मकै लिएकोमा सो बापतको भुक्तानिको लागि कृषि विकास बैंकको रकम नभएको खाताको रु. २५,२०,०००( पच्चीस लाख बिस हजार रुपैया) को चेक दिई फरार भएको।

 

 

#ishworiprasadpokhrel #scams #fraud #Nepal

 

 



 


Tags: blogs