विस्कुट र चाउचाउ ‘दुब्लाए’, पहिले एउटा ‘प्याकेट’ ले खाजा खान पुग्थ्यो अहिले दुईवटाले पनि नपुग्ने अवस्था आयो

विस्कुट र चाउचाउ ‘दुब्लाए’, पहिले एउटा ‘प्याकेट’ ले खाजा खान पुग्थ्यो अहिले दुईवटाले पनि नपुग्ने अवस्था आयो
February 20, 2023

मैदाको मूल्य अचाक्ली बढेको कारण त्यसबाट बन्ने परिकारको मूल्य पनि बढेको छ । केही समय पहिला किलोको ६५ देखि ७० रुपैयाँसम्म पर्ने मैदाको भाउ अहिले १०० रुपैयाँसम्म पुगेका कारण मैदाबाट बन्ने परिकारको भाउ पनि बढ्न पुगेको हो ।

 

एकातिर, मैदाबाट बन्ने परिकारको भाउ बढाइएको छ । मैदामा भएको मूल्य बृद्धिले सर्वसाधारणको दैनिक जीवन थप कष्टकर बन्न पुगेको छ ।

अर्कोतिर, मैदाबाट बन्ने परिकारको भाउ बृद्धि नगरिएपनि त्यसमा प्रयोग हुने मैदाको मात्रा घटाइएको छ । जस्तो कुनै चाउचाउको मुल्य पहिला पनि २० रुपैयाँ थियो । मैदाको भाउ बढेपनि अहिले पनि २० रुपैयाँमा नै त्यही चाउचाउ किन्न पाइन्छ । अहिले वाइवाइ चाउचाउकाे प्याकेटमा ६० ग्राम मात्र हुन्छ । पहिला चाउचाउकाे प्याकेटमा ७५ ग्रामभन्दा बढी थियाे ।

 

तर, पहिला २० रुपैयाँ हालेर जति ‘क्वान्टिटी’ चाउचाउ पाइन्थ्यो, अहिले त्यति नै मात्रामा पाउन दुई प्याकेट चाउचाउ किन्दा पनि पाइँदैन् । मैदाको भाउ बढ्दा पनि ‘प्याकेट’ को भाउ नबढाएर पनि व्यापारीहरुले सर्वसाधारणलाई नजानिँदो किसिमले ठगिरहेका छन् ।

 

कतिपय कम्पनीहरुले मैदाको मूल्य बढेका कारण बिस्कुट,चाउचाउका प्याकेटको मूल्यबृद्धि गरेका छन् । तर कतिपय कम्पनीले मुल्य नबढाए पनि मात्रा घटाएर सर्वसाधारणलाई लुटिरहेका छन् । मैदाको भाउ बढेपछि चाउचाउ, बिस्कुट सुकेनास जस्तै बनाएर पनि व्यापारीहरु भने मोटाएकै छन्।

 

पहिला एउटा चाउचाउले मज्जासँग एक जनालाई खाजा खान पुग्थ्यो । तर, अहिले चाउचाउ, बिस्कुट दुब्लाएर दुईवटा पकाउँदा पनि खाजा खाएको जस्तो नहुने अवस्था आएको छ । दुईवटा चाउचाउ खाँदा पनि नपुग्ने अवस्था आएको छ ।

 

मैदाको मुल्य बढेका कारण चाउचाउ जस्तै बिस्कुट पनि दुब्लाएका छन् । प्याकेटको १० रुपैयाँमा पाइने टाइगर, बनबनजस्ता बिस्कुट पनि दुब्लाएका छन् । एक वर्ष पहिला पनि ती चाउचाउको मूल्य १० रुपैयाँ नै थियो, अहिले पनि त्यति नै मूल्यमा किन्न त पाइन्छ । तर, प्याकेटको मात्रा भने आधाले कम गरिएर सुकेनास लागेको जस्तो बनाइएको छ ।

 

त्यसैगरी, पाउरोटीको मूल्य एकातिर बढाइएको छ । ५० रुपैयाँ पर्ने पाउरोटीको मुल्य ७० रुपैयाँसम्म बनाइएको छ ।

अर्कोतर्फ अहिले ७० रुपैयाँ पर्ने पाउरोटीको मात्र पहिला ५० रुपैयाँ पाइने पाउरोटी जति पनि छैन् । एकातिर मुल्य बढाइएको छ अर्कोतिर परिणाम घटाएरको छ । यसले गर्दा उपभोक्ताहरु दोहोरो मारमा परेका छन् ।

 

पूर्व अर्थ सचिव कृष्णहरि बास्कोटाले रुस र युक्रेनको युद्धका कारण मैदा ,पिठो,आँटालगायतको मुल्यबृद्धि भएको बताए । ‘गहुँको उत्पादन धेरैजसो रुस र युक्रेनमा फल्ने भएकाले पनि मैदा, पिठो र आँटाको मुल्य बढ्न पुगेको हो,’ उनले भने, ‘विश्वव्यापी रुपमा ‘चेन अफ इफेक्ट’ परेको छ ।’

 

मुल्यबृद्धिको एक मात्र कारण रुस र युक्रेनबीचको युद्ध नै भएको बास्कोटाको भनाइ छ । दुई देशबीचको युद्धका कारणले गर्दा पेट्रोलियम पदार्थको मुल्य बढाइ दियो । त्यसले ढुवानी भाँडा पनि बढायो ।

रुस र युक्रेनबाट आउने खाद्यान्नको भाउ पनि बढ्यो । चामल लगायत दैनिक उपभोग्य वस्तुको भाउ बढेको पनि त्यसै कारणले हो । अर्को खाने तेलमा पनि मुल्यबृद्धि भयो । त्यो विस्तारै क्रमशः लाइनमा आउँदैछ ।

 

एलपी ग्यासलगायत दैनिक उपभोग्य वस्तुको भाउ बढेको हुनाले सरकारले चाहेर मात्र नियन्त्रण गर्न सकेको छैन् ।

यो एक महिनाको बीचमा चामल र पिठोको मूल्य अत्याधिक बढेको छ । ३० दिनमा चामलमा बोरामा २ सय रुपैयाँ भन्दा बढीले र मैदा, पिठोमा करिब २५ देखि ३० रुपैयाँले बढ्न पुगेको छ ।

 

अहिले अधिकांश चामल भारतबाट आयात हुने भएकाले त्यहाँबाट नै मूल्य बढेर आएकोले चामलको मूल्य बढ्न पुगेको नेपाल खुद्रा व्यापार संघका सचिव राजु मास्केले बताए । ‘बोरामा १७५० मा पाइने चामल अहिले २००० सम्म होलसेलमा नै भन्छन्,’ उनले भने, ‘हामीले के भएर बढ्यो भन्यो भने भारततिर नै मंहगो भयो भन्छन् ।’

गहुँबाट बन्ने मैदा, आँटाको भाउ अलिअलि होइन् धेरै बढेको संघका सचिव मास्केले बताए । आँटाको मुल्य पटक पटक भने बढेको होइन्, एकै पटक व्यापारीले बढाएका हुन् ।

 

नयाँ गहुँको आँटा र पिठो नआएको र पुरानो पनि सकिन लागेकाले बजारमा आँटा र पिठोको मूल्य एकै चोटी ह्वात्तै बढेको संघका सचिव मास्केले बताए । ‘आँटा मैदा त लाष्ट लाष्ट भयो । अब त नयाँ गहुँ आउँछ । नयाँ गहुँ आएपछि त घट्ला कि,’ उनले भने, ‘पुरानो सकियो भन्छन् । लाष्ट लाष्ट पनि भयो । लाष्ट लाष्टमा सधै भाउँ त बढ्छ तर यसपाली धेरै नै बढ्यो ।’ मैदा र आँटको भाउ बढेकाले पाउरोटी, केकलगायतका खाद्य बस्तुहरुको मुल्य पनि बढेको व्यापारीहरुको भनाइ छ ।

मैदा, पिठो, आँटा, चामलको मुल्य अचाक्लि बढेपछि त्यसबाट उत्पादित वस्तुहरुको भाउ पनि बढेका कारण सर्वसाधारण खरिद गरेर खान नसक्ने अवस्थामा पुगेका छन् । बढेकाे भाउ नयाँ गहुँकाे उत्पादन भएपछि व्यापारीले घटाउने हुन कि हाेइनन् त्याे भने हेर्न बाँकी नै छ ।

 



ADVERTISEMENT

 

May be an image of food and text

No photo description available.

May be an image of text

 

For More Updates 

Nepal Commodity Logo


 


Tags: blogs