वस्तु आयातमा सहजीकरण : एक पटकमा ६० हजार डलर बराबरको वस्तु आयात गर्न पाईने, धरौटी पनि घट्यो

वस्तु आयातमा सहजीकरण : एक पटकमा ६० हजार डलर बराबरको वस्तु आयात गर्न पाईने, धरौटी पनि घट्यो
August 9, 2023

अब उद्योगी व्यापारीले विदेशबाट एक पटकमा ६० हजार अमेरिकी डलर बराबरको वस्तु आयात गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकिकृत परिपत्र २०७९ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

 

यसअघि उद्योगी व्यापारीले एक पटकमा ५० हजार डलर बराबरको वस्तु मात्रै आयात गर्न पाउने व्यवस्था थियो ।

 

यस अन्तर्गत एक पटक वस्तु आयात गरिसकेपछि पुनः वस्तु आयात गर्नका लागि भने अघिल्लो पटकको वस्तु आईसकेको ७ दिनपछि मात्रै पुनः सटही सुविधा पाईनेछ । यस्तै राष्ट्र बैंकले उद्योगले गर्ने आयात र व्यापारिक संस्थाले गर्ने आयातमा राख्नुपर्ने धरौटीको सीमा पनि घटाईदिएको छ ।

 

यसअघि उद्योगले गर्ने आयातको हकमा दुई प्रतिशत र व्यापारिक संस्थाले गर्ने आयातको हकमा १० प्रतिशत धरौटी राख्नुपर्ने व्यवस्था थियो । उक्त व्यवस्था संशोधन गरेर राष्ट्र बैंकले विद्युतीय माध्यमबाट भन्सार राजस्व लिने व्यवस्था भएकाका कारण अब उद्योगले एक प्रतिशत र व्यापारिक संस्थाले ३ प्रतिशत धरौटी राख्नुपर्ने व्यवस्था गरेको हो ।