व्यापारीले चिनी लगायतको मूल्य बढाएपछि गोप्य ‘टास्क फोर्स’ परिचालन, १० वटा विशेष अनुगमन टोली

व्यापारीले चिनी लगायतको मूल्य बढाएपछि गोप्य ‘टास्क फोर्स’ परिचालन, १० वटा विशेष अनुगमन टोली
September 24, 2023

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबारदेखि बजारमा दुईवटा ‘टास्क फोर्स’ परिचालन गरेको छ । विभागले कर्मचारीको पहिचान नखुल्ने गरि गोप्य रुपमा यो टास्क फोर्स परिचालन गरेको हो ।

 

 

गुणस्तर तथा नापतौल विभाग, पशु सेवा विभाग, कृषि विभाग, राजस्व अनुसन्धान विभाग, जिल्ला प्रशासन कार्यालयलगायतको सहकार्यमा यो अनुगमन गर्न सुरु गरेको हो ।

 

यो टोलीलाई माछामासु, खाद्य पदार्थ, खानेतेल, पानी, दूध तथा दुग्धजन्य पदार्थ, लत्ताकपडा, औषधी, तरकारी, सिमेन्ट, रडलगायतको गुणस्तर, तौल, बिल बिजक, म्याद भए नभएको, बढि मूल्य असुल गरेको बिषयमा अनुगमन गर्न जिम्मेबारी दिइएको विभागले जनाएको छ ।

 

यस्तै विभागले शुक्रबार नै देशभरकै जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी र नगरपालिका र गाउँपालिकाका प्रशासकीय अधिकृतलाई बजार अनुगमन गर्ने अधिकार प्रत्योजन गरि पत्र पठाएको छ ।

 

प्रदेशस्थित उद्योग, वन, पर्यटन मन्त्रालयलाई पनि आ आफ्नो कार्य क्षेत्रमा कडाईका साथ अनुगमन गरिदिनका लागि आवश्यक टोली परिचालन गर्नसमेत विभागले प्रदेश मन्त्रालयहरुलाई पत्र पठाएर आग्रह गरेको छ ।

 

‘पछिल्लो समयमा व्यापारीहरुले आफूखुशी मूल्य निर्धारण गरि आम उपभोक्तालाई सास्ती दिएकाले विभाग त्यस्ता व्यापारीमाथि ऐनअनुसार निर्मम कारवाहीको दायरा बढाउन लागेको छ,’ उनले भने ।